+
+
Shares

मिस नेपाललाई विद्युतीय गाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १५:५०

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ ।

मंगलबार बीवाईडीको शोरुममा मिस नेपाल आयोजक संस्थाका प्रमुख, निर्देशक र वर्तमान मिस नेपाल आस्माकुमारी केसीलाई गाडी हस्तान्तरण गरिएको थियो ।

गाडी हस्तान्तरणपछि मिस नेपाल केसीले आकर्षक फोटोसुट गराइन् । चारपाँग्रे साभेदार (फोर ह्विल पार्टनर)को रुपमा बीवाईडीले उक्त गाडी द हिडन ट्रेजरलाई प्रदान गरेको निर्देशक प्रमोद कंशाकारले बताए ।

सन् २०२५ को मिस नेपालको संस्करण आगामी बैशाखमा घोषणा गर्ने तयारी छ । द हिडन ट्रेजरले यतिबेला मुलुकको पहिलो फेसन डिजाइनरको प्रतियोगिता ‘डिजाइनर अफ द इयर’ आयोजना गरिरहेको छ ।

यो प्रतिस्पर्धामा उत्कृष्ट मोडल पनि छनोट गर्ने कार्यक्रम छ । छनोट हुने एकजना मोडलले मिस नेपालको आगामी प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?