+
+
Shares
फिल्म :

‘वसन्त’को अग्रिम टिकट बिक्री, कुनै कैंचीबिना प्रदर्शन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १३:५५

काठमाडौं । क्यूएफएक्स, आइएनआईसहितका प्रमुख मल्टिप्लेक्स चेनले फिल्म ‘वसन्त’को अग्रिम टिकट बिक्री थालेका छन् । ठूलो चेन क्यूएफएक्सले शुक्रबारको लागि ६५ शो दिएको छ । आईएनआईले १६ शो प्रदान गरेको छ ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको ३ दिनअघि नै शो खुलेको हो । अन्य हलले भने बुधबार बेलुकासम्म शो खुलाउने अपेक्षा गरिएको छ । गीत र ट्रेलरबाट राम्रो हाइप प्राप्त गरेको फिल्मले उत्साहजनक शो पाउनसक्छ ।

प्रकाश सपुत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो मल्टिस्टारर फिल्मलाई विशेषगरि मल्टिप्लेक्सले उच्च शो दिन सक्छन् । शुक्रबार अन्य ठूला फिल्म नभएको र प्रदर्शनरत फिल्मको अकुपेन्सीमा गिरावट आइरहेकाले ‘वसन्त’को लागि राम्रो ओपनिङको मौका हुनसक्छ ।

सपुतको डेब्यु फिल्म भएकाले पनि सांगीतिक वृत्त उनको यो फिल्म हेर्न उत्साहित छ । ‘वर्ड अफ माउथ’ बलियो आए, फिल्मको ओपनिङ राम्रो हुनसक्ने अनुमान गर्न सकिन्छ । आफ्नो जीवनका अनुभवलाई समेट्दै सपुतले निर्देशन र निर्माण गरेको ‘वसन्त’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको छ ।

फिल्मको रनटाइम २ घण्टा ४० मिनेट तय छ । कुनै कैंचीबिना फिल्मको सेन्सर पास भएको ‘वसन्त’का निर्माण प्रमुख दिल श्रीशले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?