+
+
Shares

प्युजोको दुई प्रिमियम स्कुटी नेपालमा (भिडियो)

प्युजोको ‘जंगोे’ र ‘स्पिडफाइट फोर’ गरी दुई भेरिएन्ट नेपाल ल्याएको हो । जंगो १२५ सीसी क्लासिक लुक्सको स्कुटी हो भने स्पिडफाइट १५० सीसीको स्कुटी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १९:१६

१९ चैत, काठमाडौं । नेपाली सडकमा अब ‘प्युजो’ को प्रिमियम स्कुटी गुडेको देख्न पाइने भएको छ ।

अग्नि ग्रुपको अग्नि मोटो इन्कर्पोरेटेडले १ सय २३ वर्षको इतिहास भएको र विश्वप्रसिद्ध फ्रेन्च मोटोसाइकल प्युजो नेपाली बजार ल्याएको हो ।

अग्नि मोटो इन्कर्पोरेटेड नेपाली ग्राहकलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमता मिश्रण प्रदान गर्छ । अग्नि ग्रुपका सहायक कम्पनीले फ्रेन्च मोटोसाइकल प्युजो नेपाल ल्याएको छ ।

आकर्षक डिजाइनको ‘जंगो र स्पिडफाइट’

प्युजोको ‘जंगोे’ र ‘स्पिडफाइट फोर’ गरी दुई भेरिएन्ट नेपाल ल्याएको हो । जंगो १२५ सीसी क्लासिक लुक्सको स्कुटी हो । यसमा रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङ समावेश गरिएको बिक्री प्रबन्धक राम बुढाथोकीले बताए ।

आकर्षक डिजाइन र फिचरले भरिपूर्ण जंगो स्कुटर नेपाली बजारमा ५ लाख ७१ हजार रुपैयाँमा उपलब्ध हुनेछ । जंगो निलो–सेतो, फ्लेमिंगो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार रङमा उपलब्ध हुनेछ ।

स्पिडफाइट फोर १५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिसाथ सटिक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यो स्कुटर खैरो–कालो र निलो–पहेँलो गरी दुई रङमा उपलब्ध हुनेछ ।

जंगोको मुख्य फिचर

अग्नि ग्रुपका अनुसार जंगो आकर्षक फ्रेन्च डिजाइन र पावरयुक्त छ । फराकिलो बनावट, ठूलो स्क्रिन रहेको जंगो युरो–५ मापदण्डमा नेपाल आएको हो ।

यसको १०.६ हर्सपावर इन्जिनले आरामदायी र पावरफुल राइड दिन्छ । यसमा एयर कुल, एफआई इन्जिन, एबीएस एलसीडी ड्यासबोर्ड छ भने चार्जिङ पोर्ट सुविधा पनि छ । यस्तै साइड स्ट्यान्ड इन्जिन सेफ्टी लगायत फिचर छन् ।

नेपाली बाटोको बेस्ट मोडेल स्पिडफाइट फोर

१५० सीसी शक्तिशाली इन्जिन सहित ९.३ किलोवाटको स्मार्ट मोसन लिक्विड कुल्ड इन्जिनयुक्त स्पिडफाइट फोर नेपाली सडक अनुसार उपयुक्त हुने स्कुटर हो ।

डबल एबीएस डिस्क ब्रेक र सेफ्टी ह्यान्डलिङले यो सुरक्षित पनि रहेको छ । स्पोर्टी एस्थेटिक्स यो स्कुटीमा एलईडी हेडलाइट, पूर्णरूपमा डिजिटल ड्यासबोर्ड रहेको छ ।

‘यो स्र्पोटीसँगै नेपाली सडकमा सुहाँउदो स्कुटी हो । यसले दिने रेन्ज, माइलेज र अफरोडमा कम्र्फट धेरै राम्रो छ,’ बिक्री प्रबन्धक बुढाथोकी भन्छन्, ‘फेरि, यति राम्रो लुक्समा प्रिमियम स्कुटी पनि छ ।’

तस्वीर/भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?