+
+
Shares

३ सय किलो गाँजासहित कार चालक पक्राउ

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १४:३२

२० चैत, काठमाडौं । तीन सय किलो गाँजासहित कार चालक पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवि–राँके सडक खण्डबाट कारसहितको गाँजा बरामद गरेको हो ।

को १ च ३४७८ नम्बरको कारलाई शंका लागी चेक गर्दा कारभित्र कालो प्लास्टिकले बेरेको १० पोकामा ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

गाँजा बरामद भए सँगै कार र चालक विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा बोकेको कारसहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?