+
+
Shares

जनता एग्रो र कसेस्टार्ट विश्वविद्यालयबीच सहकार्य हुने

यो साझेदारी नेपाली कृषि क्षेत्रको दिगो विकास, नयाँ कृषि विधि र नेपाली किसानको जीवनस्तर सुधार्ने उद्देश्यले गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते ११:०५

२० चैत, काठमाडौं । जनता एग्रो एन्ड फरेस्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्न उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो । २ अप्रिलमा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एन्ड फरेस्ट्री अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे ।

यो साझेदारी नेपाली कृषि क्षेत्रको दिगो विकास, नयाँ कृषि विधि र नेपाली किसानको जीवनस्तर सुधार्ने उद्देश्यले गरिएको हो ।

जनता एग्रो एन्ड फरेस्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधि, उन्नत जातका बिरुवा हेरचाह गर्ने नवरणनीति, फसल काट्ने नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायत क्षेत्रमा सहकार्य भएको हो ।

‘यो साझेदारी नेपालको समग्र कृषि क्षेत्रमा आमूल परिवर्तनका लागि महत्त्वपूर्ण सुरुवात हो । विश्वविद्यालयको मूल्यवान विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा किसानलाई कृषि उपकरण उपलब्ध गराउन मद्दत गर्नेछ, जसले उत्पादनमा वृद्धि हुनुका साथै नेपालको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउने छ,’ जनता एग्रो अध्यक्ष गोल्यानले भने ।

कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृतले आफूहरूको मिसन दिगो कृषि ज्ञानको विस्तार गर्नु रहेको र जनता एग्रोसँगको यो साझेदारी कृषि क्षेत्रको विकासमा नयाँ आयामको एक उत्तम कदम भएको बताए ।

सम्झौता अनुसार नेपालको कृषि तथा वन क्षेत्रमा स्थिरता र उत्पादकत्वमा वृद्धि गर्न सहजता पुर्‍याउनका लागि कासेस्टार्ट विश्वविद्यालयले जनता एग्रोलाई जैविक खेतीका अत्याधुनिक विधि प्रयोगमा विशेषज्ञता र नवीनतम ज्ञान तथा सिप प्रदान गर्ने छ ।

त्यस्तै गरी विश्वविद्यालयले कृषि खेती संरक्षणका नयाँ तरिका, माटो सुधारका उपाय, प्राकृतिक किरा व्यवस्थापनका लागि समाधानका उपाय र रोकथाम रणनीतिबारे विभिन्न तालिम प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?