+
+
Shares

शिक्षक प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

प्रदर्शनका कारण सो क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८१ चैत २० गते १५:१९

२० चैत, काठमाडौ । शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाडौंमा र्‍याली निकालेका छन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुँदैछ ।

त्यसैबीच प्रदर्शनका कारण सो क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?