+
+
Shares

पिज्जा हटको नयाँ स्टोर बौद्धमा

पिज्जा हटको नेपालका लागि आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेसनल नेपाल प्रालिले बौद्धमा नयाँ स्टोर खोलेको हो । यो स्टोर काठमाडौंमा पिज्जा हटको पाँचौं र नेपालभरि आठौं शाखा हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १७:४२

काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलाे पिज्जा ब्रान्ड ‘पिज्जा हट’ ले बुधबार बौद्धमा नयाँ स्टोर उद्‍घाटन गरेको छ ।

पिज्जा हटको नेपालका लागि आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेसनल नेपाल प्रालिले बौद्धमा नयाँ स्टोर खोलेको हो । यो स्टोर काठमाडौंमा पिज्जा हटको पाँचौं र नेपालभरि आठौं शाखा हो ।

पिज्जा हट बौद्ध स्टोर बिहान ११ देखि राति ११ बजेसम्म खुला रहने छ। ९ सय ११ वर्गफिट क्षेत्रफलमा फैलिएको यो स्टोरमा एकै समयमा २४ जनासम्म बस्न सक्ने सुविधा छ ।

नयाँ स्टोरमा पिज्जा हटका सिग्नेचर पिज्जा विभिन्न टपिङ सहित उपलब्ध हुनुका साथै स्वादिष्ट पास्ता र विविध एपेटाइजर समेतको स्वाद लिन पाइने छन् ।

ग्राहकले पिज्जा हट बौद्धमा उत्कृष्ट डाइन–इन वा टेकअवे अनुभव प्राप्त गर्न सक्छन् वा उपलब्ध डेलिभरी प्लेटफर्म फुडमान्डु, पठाओ र भोजमार्फत आफ्नो मनपर्ने पिज्जा अर्डर गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?