+
+
Shares

दुर्गा प्रसाईंलाई खोजिरहेका छौं : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १८:०४

२० चैत, काठमाडौं । प्रहरीले गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंको खोजी भइरहेको बताएको छ ।

तीनकुने घटनाबारे ब्रिफिङ गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनको खोजी भइरहेको बताएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘अनुसन्धान भइरहेको छ । हामी खोजिरहेका छौं ।’

प्रसाईं तीनकुने प्रदर्शनमा उग्र बनेर प्रस्तुत भएका थिए । उनले आफैंले गाडी चलाएर प्रहरीको अगाडि पेलेर अघि बढेका थिए ।

त्यसबारे जवाफ डीआईजी आचार्यले खोजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?