+
+
Shares

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको अभिव्यक्तिपछि भिडले आगजनी थाल्यो : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १९:४८

२० चैत, काठमाडौं । नेपाल प्रहरीले शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको अभिव्यक्तिको समेत मुख्य भूमिका रहेको जिकिर गरेको छ ।

नेपाल प्रहरीले प्रहरी क्लब भृकुटीभण्डपमा गरेको पत्रकार सम्मेलनमा मिश्र र प्रसाईंको अभिव्यक्तिपछि भिडले सबैतिर तोडफोड र आगजनी गर्ने भन्न थालेको उल्लेख गरेको हो ।

‘मञ्चबाट पनि सिंहदरबार कब्जा गर्ने, संसद् भवन कब्जा गर्ने, एयरपोर्ट कब्जा गर्ने भन्ने हिसाबले जुन हिसाबले दुई जना व्यक्तिहरुले रवीन्द्र मिश्र र दुर्गा प्रसाईंंले अभिव्यक्ति दिएपछि त्यहाँ भएको सबै भिड सबैतिर तोडफोड आगजनी गर्छौं, सबै ठाउँमा आगो लाउँछौं, व्यक्तिको घरमा आगो लगाउँछौं भनेर मञ्चबाट खुल्लम खुला बोलेको छ’, केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने ।

त्यसबेला प्रहरीले यो समूहमाथि कारबाही गर्नुपर्ने अवस्था ढिला भइसकेको र सबैतिर फैलिएर छिटपुट घटना समेत गराइसकेको अवस्था रहेको उनले भनेका छन् ।

शुक्रबार भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु र २२ जना घाइते भएका छन् । प्रहरीले चलाएको गोलीबाट मात्रै २० जना घाइते भएका छन् । तीमध्ये १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?