
२१ चैत, काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
त्यसैले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खडेरीको महिना हो । वर्षा हुने सम्भावना न्यून छ । महाशाखाका अनुसार देशका अधिकांश भू-भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना छ ।
वर्षाको सम्भावना कम रहेकोले सुख्खापन, आगोलागी तथा वायू प्रदूषण बढ्दै जाने सम्भावना छ । यसैले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4