+
+
Shares

गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते ७:२६
फाइल तस्वीर

२१ चैत, काठमाडौं । गाजा क्षेत्रमा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणमा परी ८० जनाभन्दा धेरैको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भएको इजरायली आक्रमणमा परी ८० भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको अलजजिराले लेखेको छ ।

इजरायलले जबालिया शिविरमा रहेको संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सीको क्लिनिकमा पनि आक्रमण गरेको छ । यस आक्रमणमा मात्रै महिलाहरू र बालबालिकासहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

यस आक्रमणको विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले निन्दा गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको युद्धका कारण हालसम्म कम्तीमा ५० हजार ४२३ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने एक लाख १४ हजार ६३८ जना घाइते भएका छन् ।

इजरायली आक्रमणका कारण गाजामा मानवीय संकट गहिरिंदै गएको छ । संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले युद्ध रोक्न आह्वान गरिरहेका छन् तर हिंसा रोक्ने कुनै संकेत देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?