+
+
Shares

प्रदेश सभामा अवरोध भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते ९:३६

२१ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सभाको गतिरोध अन्त्य गर्ने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिपक्षी दलले सरकारले मनलाग्दो ढंगले राजनीतिक नियुक्ति गरेको, जथाभावी बजेट बाँडेको भन्दै प्रदेश सभामा विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?