२१ चैत, काठमाडौं । नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखलाअन्तर्गत आज पहिलो खेल हुँदैछ ।
मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै छ ।
यही महिना नेपालमै हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला हुन लागेको हो । विश्वकप छनोट पनि मुलपानीमै खेलाइने छ ।
उक्त खेलहरू वाइओडिआई (यूथ वान डे इन्टरनेशनल) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ ।
दोस्रो खेल ६ अप्रिल र तेस्रो खेल ९ अप्रिलमा हुनेछ । नेपाली यू-१९ टोलीले यसअघि दिल्लीसँगको अभ्यास शृंखला खेलेको थियो ।
प्रतिक्रिया 4