+
+
Shares

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कर्मचारीको विरोध

गुरागाईं काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते ११:१४
प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न काठमाडौं महानगरले गरेको प्रहरी परिचालन ।

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ ।

गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेको थियो र जिम्मेवारीबाट हटाएको थियो ।

यता, महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।

समाधानको मुख्य मियो मेयर बोलन शाह भएकाले उनी आफैं आएर यो समस्याको समाधान गर्नुपर्ने प्रदर्शनमा उत्रिएका कर्मचारीहरुको माग छ ।

उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा समेत मेयरको निर्देशनमा महानर प्रहरीले ह्वील लक गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?