+
+
Shares

बाँसुरी बजाउँदै, नारा लगाउँदै आज पनि सडकमा उत्रिए शिक्षक (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८१ चैत २१ गते १२:५०

२१ चैत, काठमाडौं । शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । माइतीघर मण्डल -बबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका छन् । उनीहरू बाँसुरी बजाउँदै, मादल घन्काउँदै आफ्ना मागका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन् । यसअघि धर्ना र अनशनलगायत आन्दोलनका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ । तर, ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको छ ।

शिक्षकहरुले ऐन जारी गर्न माग गरे पनि भर्खरै संसदको हिउँदे अधिवेशन अन्त्य भएकोले सम्भव छैन । शिक्षकहरुले भने अध्यादेशबाट भए पनि आफ्ना माग सम्बोधन गर्नु पर्ने बताएका छन् । यसबारे संसदीय समितिले भने असहमति जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरू  : शंकर गिरी/अनलाइनखबर

 

 

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?