+
+
Shares

राजावादी आन्दोलनमा समातिएका रास्वपाका पूर्वनेता ६ दिन हिरासतमा रहने

१५ चैतमा तीनकुनेमा भएको आन्दोदनमा पक्राउ परेका उनलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १२:४६

२१ चैत, काठमाडौं । राजावादी आन्दोलनबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता डा. राजकुमार राईविरुद्ध थप ६ दिन हिरासतमा रहने भएका छन् ।

१५ चैतमा तीनकुनेमा भएको आन्दोदनमा पक्राउ परेका उनलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।

राईसहित ४१ जनाविरुद्ध बुधबार मात्रै दोस्रो पटक ६ दिनको म्याद थप भएको हो । यसअघि ४१ जनाविरुद्ध ५ दिनको म्याद थप भएको थियो ।

अहिले हिरासतमा रहेका रास्वपाका पूर्वनेता राई खोटाङ जिल्ला सभापतिमा उठेर हारेका व्यक्ति हुन् । उनी अहिले भने पार्टीमा निष्क्रिय रहेको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

‘उनी जिल्ला सभापतिमा उठेर हारेका थिए । एकदमै न्यून मत ल्याएका थिए । त्यसपछि पार्टीमा निष्क्रिय थिए,’ बुर्लाकोटीले अनलाइनखबरसँग भने ।

राईलाई हराउँदै मुकुन्द कृष्ण थापा खोटाङ सभापतिमा विजयी भएका थिए । अहिले हिरासतमा रहेका राईविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?