+
+
Shares
सेलिब्रेटी :

५.३ अर्ब डलरसहित स्टिभन स्पिलबर्ग सबैभन्दा धनी सेलिब्रेटी (सूचीसहित)

सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १३:०३

काठमाडौं । किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए ।

सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ ।

अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी सेलिब्रेटीको सूचीमा शीर्ष स्थानमा छन् भने टिभी होस्ट तथा लेखक ओप्रा विन्फ्रे शीर्ष ५ मा परेकी छन् ।

७८ वर्षीय स्पिलबर्गको कुल सम्पत्ति ५.३ अर्ब अमेरिकी डलर छ । उनलाई सर्वकालिन महान फिल्म निर्देशक मध्ये एक मानिन्छ । उनी ‘जुरासिक पार्क’, ‘इन्डियाना जोन्स’, ‘जज’ र ‘ई.टी.’जस्ता फिल्ममा आफ्नो कामले प्रसिद्ध छन् ।

५.१ बिलियन डलरसहित ‘स्टार वार्स’ निर्देशक जर्ज लुकास दोस्रो स्थानमा छन् । सन् २०२६ मा उनका ‘द मन्डलोरियन एण्ड ग्रोगु’ फिल्म प्रदर्शनको अपेक्षा छ । बास्केटबल खेलाडी माइकल जोर्डन तेस्रोमा हुँदा टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे चौंथो स्थानमा छिन् । ओफ्राको कूल सम्पत्ति ३ बिलियन डलर छ ।

पपस्टार जे जेड २.५ बिलियन डलरसहित सूचीमा छन् । किम कार्दसियन १.७ बिलियन अमेरिकी डलर, ‘लर्ड अफ द रिङ्स’ स्टार पिटर ज्याक्सन १.७ बिलियन, पपस्टार टेलर स्विफ्ट १.६ बिलियन, कमेडियन टेलर पेरी १.४ बिलियन, पपस्टार रिहाना १.४ बिलियन डलरसहित सूचीमा छन् ।

अभिनेता आर्नोल्ड स्वार्जनेगर र कमेडियन जेरी सेइनफेल्ड १.१ बिलियन डलरसहित सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?