+
यूथ ओडिआई :

नेपाललाई अफगानिस्तानको बलियो लक्ष्य

२०८१ चैत  २१ गते १३:०८ २०८१ चैत २१ गते १३:०८
नेपाललाई अफगानिस्तानको बलियो लक्ष्य

२१ चैत, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको नेपाल यू–१९ र अफगानिस्तान यू–१९ बीचको यूथ ओडिआई खेल अन्तर्गत पहिलो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाउँदै ३०१ रनको लक्ष्य रनको लक्ष्य प्रस्तुत गरेको हो ।

अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए । त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए । यी दुई मिलेर दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए ।

बर्कात इब्राहिमजाईले ३५ रनको क्यामिओ पारी खेले ।

नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए ।

नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय