+
+
Shares

जनकपुरमा चैती छठको रौनक (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १३:४०

२१ चैत, जनकपुरधाम। जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज श्रद्धापूर्वक चैती छठ पर्व मनाइँदैछ ।

चैती छठको आज मूल विधि आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि विधिवत रूपमा पर्व समापन गरिन्छ ।

यसअघि बुधबार ब्रतालुले खरना मनाएका थिए भने मंगलबार नुहाएर चोखो भोजन गरेका थिए। चार दिनसम्म कठोर नियमसहित मनाइने यो पर्व ‘नहाय–खाय’ बाट सुरु हुन्छ ।

दोस्रो दिन व्रतालुहरू दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खीर ग्रहण गर्छन्, जसलाई ‘खरना’ भनिन्छ । तेस्रो दिन षष्ठी तिथिमा निराहार व्रत गरी साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

चैती छठ जनकपुरधामको गंगासागर र अर्गजासरमा विशेष धूमधामका साथ मनाइने परम्परा रहिआएको छ । श्रद्धालुहरू पूजा सामग्री सहित आज बिहानैदेखि छटघाटमा पुगेका छन्। खासगरी साँझमा चैती छठ हेर्न श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको छ।

चैती छठ व्रत गर्दा मनोकामना पूरा हुने र छालाजन्य रोगहरू नलाग्ने मान्यता छ। आज साँझ सूर्यास्त हुन एक घण्टा अगावै व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अघ्र्य अर्पण गर्छन् ।

अर्घ्य सामग्रीका रूपमा ठकुवा, भुसुवा, मुला, उखु, भण्टा, केरा, नरिवललगायतका प्रसाद चढाइन्छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?