+
+
Shares

१०३ दिनपछि तनाव झेल्दै काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १३:३७

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हाजिर गरेका छन् । गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो ।

मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेको थियो ।

गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए ।

बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई कार्यकक्षसम्म पुर्‍याए ।

उनी १०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका हुन् ।

गत ७ पुसदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

यस्तो अवस्थामा आफूहरूले तलब समेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?