+
+
Shares

कार्यबाहक प्रधानमन्त्रीले शिक्षा विधेयकमा छलफल गर्न शिक्षामन्त्री र संसदीय समितिलाई बोलाए

शिक्षा विधेयकमा छलफल गर्न शिक्षामन्त्री र संसदीय समितिलाई आज दिउँसो ४ बजे बोलाएको कामु प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १४:१५

२१ चैत, काठमाडौं। कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रतिनिधि सभाको शिक्षा समितिका सांसदहरूलाई बोलाएका छन् ।

शिक्षा विधेयकमा छलफल गर्न शिक्षामन्त्री र संसदीय समितिलाई आज दिउँसो ४ बजे बोलाएको कामु प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहमन्त्री पनि सहभागी हुने बताइएको छ । शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कामु प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।

कार्यबाहक प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी रहेको सचिवालयको भनाइ छ ।

शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ। तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आएका छन् ।

बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले चासो दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?