+
+
Shares

एन्फाका पूर्वअध्यक्ष थापाले गरे महासचिव राईविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १६:२८

२१ चैत, काठमाडौं । आफूमाथि गाली बेइज्जती गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिव किरण राईविरुद्ध मुद्दा दायर गरेका छन् ।

जिल्ला अदालत काठाडौंले बिहीबार उक्त मुद्दाको म्याद तामेल गरेको छ ।

महासचिव राईले सार्वजनिक रुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।

अब महासचिव राईले आफूले गालीबेइज्जती नगरेको दाबीसहित जिल्ला अदालतमा लिखित जवाफ पठाउनु पर्नेछ ।

म्याद तामेल भएको एक महिनाभित्र उनले लिखित जवाफ दिने समय पाउनेछन्, तोकिएको अवधिमा जवाफ दिन नपाएमा १५ दिन म्याद थप्न पाउँछन् ।

महासचिव राईले आफ्नो वैयक्तिक चरित्र र अन्य विषयमा बोलेर गाली बेइज्जती गरेको पूर्वअध्यक्ष थापाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?