+
+
Shares

गरिमाको शीर्ष भूमिका रहेको पहिलो फिल्म ‘जन्ते बाख्रो’ जेठमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १६:३२
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बायाँदेखि गरिमा शर्मा, सिमोस सुनुवार र आसिफ शाह ।

काठमाडौं । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’ले प्रबर्धन अभियान थालेको छ । जसअनुसार, बिहीबार आयोजित कार्यक्रममा पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरियो ।

बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको गीतमा मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । आसिफ शाहलाई पनि ‘सरप्राइज’रुपमा पेश गरिएको छ ।

कार्यक्रममा ९ जेठलाई प्रदर्शन मितिको रुपमा घोषणा गरियो । निर्माता सन्तोष गौतमले अभिनेता मल्लको अर्को फिल्म ‘भाईरल गोर्खे’ त्यसको अर्को सातादेखि नै प्रदर्शनमा आउने भएकाले समय ब्यवस्थापनको लागि अघि सारिएको बताए । उनले यो फिल्मको नेपाल र अन्तर्राष्ट्रिय प्रदर्शन एकैपटक गर्ने जनाए ।

निर्देशक सुनुवारले अघिल्ला फिल्मको गल्तीलाई यो फिल्ममा सुधार गरिएको बताए । यो फिल्मको लागि कलाकारदेखि लेखकीय टिमसम्मले मिहेनत गरेको उनको भनाइ छ ।

अभिनेत्री शर्माले आफू पहिलोपटक लिड रोलमा देखिन लागेकाले मञ्चमा चढ्दा डर लागेको बताइन् । फिल्ममा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरको पनि अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा प्रदीप भारद्धाजको पटकथा र संवाद छन् । सन्तोष गौतम लगानीकर्ता हुन् । सामाजिक कथावस्तुमा फिल्म बनेको बताइएको छ । ९ जेठमा राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’ पनि आउँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?