+

यूथ ओडिआई शृंखला : पहिलो खेलमा नेपालको फराकिलो हार

२०८१ चैत  २१ गते १६:३५ २०८१ चैत २१ गते १६:३५
यूथ ओडिआई शृंखला : पहिलो खेलमा नेपालको फराकिलो हार

२१ चैत, काठमाडौं । काठमाडौंमा बिहीबारदेखि सुरु भएको यूथ ओडिआई शृंखलाको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको हो ।

अफगानिस्तानले दिएको ३०१ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रनमा अलआउट भयो । नेपालका निरज यादवले अर्धशतक बनाएपनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

निरजले ५३ रन बनाए । अशोक धामी र सन्तोष यादवले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रन बनाए ।

अफगानिस्तानका लागि जैबुल्लाह शाहीनले १० ओभरमा २४ रन दिएर २ विकेट लिए । महबुब खान र वाहिदुल्लाह जाद्रानले पनि २–२ विकेट लिँदा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले १–१ विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाउँदै ३ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए । त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए । यी दुई मिलेर दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए ।

बर्कात इब्राहिमजाईले ३५ रनको क्यामिओ पारी खेले ।

नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए ।

अब दोस्रो खेल आइतबार हुनेछ ।

यूथ ओडिआई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय