
२१ चैत, विराटनगर। प्रहरीले मोरङको जहदा गाउँपालिकामा रहेका दुई घरबाट १ हजार १०२ किलो गाँजा बरामद गरेको छ ।
भारत निकासीका लागि घरमा लुकाएर राखेको अवस्थामा जहदा- ७ का मुसहरी टोलका २७ वर्षीय उमेश कामतको घरबाट १ हजार ८८ किलो र जहदा गाउँपालिका– ५ का ३३ वर्षीय अरबिन साहको घरबाट १४ केजी भारी मात्रामा गाँजा बरामद गरेको प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
प्रवक्ता जोशीका अनुसार कामतको घरमा प्लाष्टिकको बोरामा प्याक गरिएको अवस्थामा ३४ पोका गाँजा बरामद भएको छ ।
साहको घरमा भने १४ किलो गाँजा बरामद भएको छ । कामतको घरमा फेला परेको गाँजा तौल गर्न बाँकी रहेको बताए ।
भारत निकासका लागि गाँजा भण्डारण गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सरोज खनालको टोलीमा खटिएको टोलीले दुई घरमा गाँजा फेला परेको हो ।
गाँजासहित पक्राउ परेका घरधनीमाथि अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिए ।
प्रतिक्रिया 4