
२१ चैत, काठमाडौं । सामाजिक सञ्जाल दुरुपयोग गरी धम्क्याएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय रामबिहारी साफी रहेका छन् ।
प्रहरीका अनुसार रामबिहारीले प्रेम सम्बन्धका बेला खिचिएका तस्विर/भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की दिँदै पीडितलाई दुःख दिने गरेका थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार पीडितको उजुरीको आधारमा बुधबार रामबिहारीलाई पक्राउ गरिएको हो ।
पीडितको उजुरीको आधारमा रामबिहारीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशले ४ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4