+
+
Shares

सिमेन्ट तथा डन्डी उद्योगीलाई ‘फ्याक्ट्री गेट प्राइस’ राख्न सरकारको निर्देशन

विभागले एक सूचना जारी गर्दै सम्बन्धित उद्योगीहरूलाई उत्पादित सिमेन्टको प्याकेट तथा फलामे डन्डीको बन्डलमा अनिवार्य एफजीपी राख्न निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १९:२७

२१ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको प्याकेट तथा फलामे डन्डीको बन्डलमा ‘फ्याक्ट्री गेट प्राइस’ (एफजीपी) राख्न निर्देशन दिएको छ ।

विभागले एक सूचना जारी गर्दै सम्बन्धित उद्योगीहरूलाई उत्पादित सिमेन्टको प्याकेट तथा फलामे डन्डीको बन्डलमा अनिवार्य एफजीपी राख्न निर्देशन दिएको हो ।

त्यसैगरी डिलर विक्रेताले बिक्री गर्ने वस्तुको अनिवार्य रूपमा ब्रान्डसहित अधिकतम खुद्रा मूल्य (एमआरपी) सूची सर्वसाधारण उपभोक्ताले बुझ्ने गरी अंग्रेजी वा नेपाली भाषामा लेखी बिक्री वितरण गर्न उत्पादकलाई विभागले निर्देशन दिएको छ ।

हेर्नुहोस्  सूचना  :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?