+

पारा विश्व पौडी सिरिजमा २ खेलाडी

२०८१ चैत  २१ गते २०:२१ २०८१ चैत २१ गते २०:२१
पारा विश्व पौडी सिरिजमा २ खेलाडी

२१ चैत, काठमाडौं । पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइ तथा १ सय ५० मिटर व्यक्तिगत मिड्लेमा खेल्ने छन् ।

समना ५० मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागी हुने छिन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । व्यवस्थापकमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राखेपकी सदस्य अन्जना श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शनिबार जापान प्रस्थान गर्ने छन् ।

पारा विश्व पौडी सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय