+
+
Shares

शिवम् सिमेन्ट ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

कार्यक्रममा फरक–फरक विधामा विभिन्न कम्पनी तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्सलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १९:५०

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड १७औं ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित भएको छ ।

कर्पोरेट खबरद्वारा आयोजित ‘ईश्वरलाल १७औं कर्पोरेट बिजजनेस अवार्ड २०२५’ कार्यक्रममा शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा फरक–फरक विधामा विभिन्न कम्पनी तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्सलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित गरिएको हो ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुल्ठूला परियोजनाका साथै अनेकौं संरचना निर्माणमा समेत लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?