+
+
Shares

नेपाल सुपर लिग २०२५ : झापा र काठमाडौंको नीरस बराबरी

लगातार दुई खेल बराबरी खेलेका झापा र काठमाडौंले अंक तालिकामा दुई अंक मात्र जोडेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते २०:३०

२१ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा झापा एफसी र काठमाडौं रेजर्स एफसीले बिहीबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो खेल नीरस रह्यो । खेलमा दुवै टिमले पाएका अवसर सदुपयोग गर्न नसक्दा गोलको खडेरी तोडिन सकेन ।

दुवै टिमको यो लगातार दोस्रो बराबरी हो । अझ, झापाले त लगातार दुई खेलमा गोल गर्न सकेन ।

झापाले यसअघि बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो । काठमाडौंले भने साविक विजेता ललितपुरसँग २–२ को पुनरागमन बराबरी खेलेको थियो ।

बराबरीपछि दुवैको दुई खेलबाट समान २ अंक भएको छ ।

दुवै टिमले पाएका अवसर सदुपयोग गर्न सकेनन् भने दुवैको एक–एक प्रहार बारमा लाग्यो । काठमाडौंका जिलेस्पीजंग कार्की र बुया टुरेले पनि गोल गर्ने राम्रो अवसर गुमायो ।

खेलको छैटौं मिनेटमै काठमाडौंका अमादोउ डिओपको प्रहार बारमा लागेर फर्किएको थियो । यस्तै, इन्जुरी टाइममा झापाका आरोन थापाको प्रहारमा पनि बार बाधक बन्यो ।

नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत बिहीबार झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच भएको खेल । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?