+

तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न खेलकुद मन्त्रालयलाई निर्देशन

२०८१ चैत  २१ गते २१:०५ २०८१ चैत २१ गते २१:०५

समितिको आजको बैठकले युवामन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

Shares
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न खेलकुद मन्त्रालयलाई निर्देशन

२१ चैत, काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र भव्यताका साथ तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए । प्रतियोगिता आगामी २०८२ जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ।

युवामन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । उनले खेलाडीलाई तयारी अवस्थामा राखिएको बताए । उनले सुशासन, व्यवस्थापनमा केही कठिनाइ आउने भन्दै त्यसलाई नै मध्यनजर गरेर काम भइरहेको उल्लेख गरे ।

समिति सदस्य रेखा शर्माले जुनसुकै हालतमा प्रतियोगिता आयोजना गर्नुपर्ने बताइन् । समिति सदस्य दीपा शर्माले खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि मन्त्रालय, राखेपबीच सहकार्य हुनुपर्नेमा जोड दिइन् ।

समिति सदस्य रामप्रकाश चौधरीले खेलकुद सम्पन्न गर्नका लागि मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताए ।

समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनको बारेमा यहीँ चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिए ।

टङ्कलाल घिसिङ तेजुलाल चौधरी दशौँ राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद परिषद् सूचना प्रविधि समिति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय