+

कगिसो रबाडा आईपीएल छाडेर स्वदेश फर्किए

२०८१ चैत  २२ गते ११:१३ २०८१ चैत २२ गते ११:१३
कगिसो रबाडा आईपीएल छाडेर स्वदेश फर्किए

२२ चैत, काठमाडौं । गुजरात टाइटन्सका दक्षिण अफ्रिकी पेस बलर कगिसो रबाडा व्यक्तिगत कारणले टोली छोडी स्वदेश फर्किएका छन्। फ्रेन्चाइजले एक विज्ञप्ति जारी गर्दै उनले ‘एक महत्वपूर्ण व्यक्तिगत विषय समाधान गर्न’ दक्षिण अफ्रिका फर्किएको जानकारी दिएको छ। तर उनको पुनरागमनको मिति भने खुलाइएको छैन।

रबाडाले यस सिजनको आईपीएलमा दुई खेल खेलेका थिए। पहिलो खेलमा पञ्जाब किंग्सविरुद्ध ४२ रन दिएर १ विकेट लिएका थिए भने दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध १ विकेट लिएर ४२ रन खर्चिए। तर उनले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको तेस्रो खेल खेलेनन्। उनको अनुपस्थितिलाई टोलीले व्यक्तिगत कारण भनेर उल्लेख गरेको थियो।

रबाडाको अनुपस्थितिमा गुजरातले उक्त खेलमा अलराउन्डर अर्शद खानलाई मौका दिएको थियो। अर्शदले उक्त खेलमा विराट कोहलीको महत्त्वपूर्ण विकेट लिएका थिए ।

गुजरातले हालसम्म तीन खेल खेल्दा दुई जित र एक हारसहित ४ अंक जोडेर अंकतालिकाको चौथो स्थानमा रहेको छ। टोलीको आगामी खेल अप्रिल ६ मा सनराइजर्स हैदराबादविरुद्ध हुने छ।

कगिसो रबाडा गुजरात टाइटन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय