+
+
Shares

असहज अवस्थामा पन्छिने नयाँ दलको प्रवृत्ति छ : प्रकाशशरण महत

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते ११:३६

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ दलप्रति लक्षित गर्दै असहज हुँदा पन्छिने पार्टी भएको बताएका छन् ।

असहज अवस्थामा पन्छिने प्रवृत्ति रहेको बताउँदै डा. महतले नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने बताए ।

शुक्रबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसको अवसरमा बोल्दै महतले कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए । सत्तामा रहे वा नरहे पनि कांग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने दल भएको दाबी गरे ।

‘कांग्रेसले जायज कुरालाई जायज भन्छ, सत्ता बाहिर भएपनि र सत्ताभित्र भएपनि । बोल्नुपर्ने कुरामा बोल्छ,’ महतले भने, ‘कांग्रेसको अनुभव, प्रतिवद्धता जुन छ, अफ्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरुले अधिकारको रक्षा गर्न सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?