+
+
Shares

तीनकुने घटनाबारे गृहमन्त्री : संविधान उल्ट्याउने उद्देश्यले प्रेरित थियो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १२:२३

२२ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको बताएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘यसमा कुनै भ्रम र द्विविधा छैन । यो प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।’

राजावादीहरुले आयोजना गरेको उक्त प्रदर्शन शान्तिपूर्ण धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यले नगरिएको उनको दाबी छ ।

तीनकुनेमा भएको कार्यक्रम हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल ढंगले भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?