+
+
Shares

जनमतका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १२:४०

२२ चैत, काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ ।

महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । साहले पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै छ महिना निलम्बन गरिएको हो । पार्टीले छ महिनाका लागि निलम्बिन गरेको साहले अनलाइनखबरसँग बताए ।

पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्धमा गतिविधि गरेको लगायतका आरोप लगाइएको थियो । साहले आफू माथि लागेका आरोपको आधार पुष्टि गर्न माग गर्दै स्पष्टीकरण बुझाएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?