
२२ चैत, काठमाडौं । बजारमा तिते करेलाको भाउ घट्दा भिन्डीको भने बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार तिते करेला र भिन्डीको मूल्यमा घटबढ देखिएको हो ।
शुक्रबार तिते करेलाको भाउ थोकमा प्रतिकिलो ५ रुपैयाँ घट्दा भिन्डीमा किलोको २० रुपैयाँ बढेको छ । बिहीबार तिते करेला १ सय १० रुपैयाँमा किनबेच भएकोमा आज १ सय ५ रुपैयाँ छ ।
यस्तै, बिहीबार भिन्डी किलोको थोकमा १ सय ५ रुपैयाँ थियो । आज शुक्रबार भने किलोको १ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
अहिले तिते करेला र भिन्डी दुवै भारतबाट आयात भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4