
काठमाडौं । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधासँग कर्णाली जोड्ने अभियानको चौथो शृङ्खलाअन्तर्गत काठमाडौंको नयाँ बानेश्वरमा जुम्लाका तस्वीर, भिडियो र स्थानीय उत्पादन प्रर्दशन सुरु गरिएको छ ।
मनघरी फाउन्डेशनको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तगर्त जुम्ला जिल्लाको प्रर्दशनी सुरु गरिएको हो ।
शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने भन्दै ‘कनेक्टिङ कर्णाली’ अभियान संचालन गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको जुम्ला जिल्ला झल्कने गरी काठमाडौंमा प्रदर्शन गरिएको हो ।
प्रर्दशनीमा धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित जुम्ला जिल्ला झल्कने २१ वटा तस्वीरका साथै जुम्ला जिल्लालाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो र उत्पादित सामग्री प्रर्दशनीमा राखिएको छ ।
प्रर्दशनीमा राखिएका तस्वीरहरू एलपी देवकोटा, विशाल सुनार, कुबेरराज कार्की, दिपक बुढथापा र आयोकका हुन् ।
प्रर्दशनी शनिबारसम्म जारी रहेनेछ ।
कर्णाली चिनाउने अभियान अन्तर्गत यसअघि दैलेख, डोल्पा र मुगु जिल्लाका तस्वीर, भिडियो र उत्पादित सामग्री प्रदर्शन गरिसकिएको फाउन्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
प्रतिक्रिया 4