+
+
Shares

थाइल्यान्डमा भयो संयुक्त वाणिज्य परिषद् गठन समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १३:१६

२२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ ।

थाइल्यान्ड भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो ।

दुवै देशमा लगानी प्रवर्द्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजीकरण गर्ने बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै बैंककमा रहेका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताए ।

उनले नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ, निर्माण सामग्री उत्पादनमा थाइ व्यवसायीले इच्छा देखाएको बताए ।

वार्तामा उद्योगी नेपालीलाई अनअराइभल भिसा उपलब्ध गराउन थाइ चेम्बर अफ कमर्सलाई आग्रह गरेको पनि अध्यक्ष ढकालले बताए ।

थाइ व्यवसायीले नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानी प्रभावित हुने कुरा राखेको अध्यक्ष ढकालले बताए ।

सरकारले वैदेशिक लगानी सहजीकरणका लागि नीति समेत फेरबदल गरेको कारण लगानी प्रभावित नहुने आफूहरूले धारणा राखेको उनको भनाइ छ ।

बिम्स्टेक चेम्बर गठन गर्ने प्रक्रियामा पनि सदस्य राष्ट्रहरूसँग छलफल गरेर सक्रिय बनाउने कुरामा पनि आफूहरू अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?