+
+
Shares

राजनीतिमा आउने हल्लाबारे कुलमान- कुनै पनि जिम्मेवारी लिन तयार छु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १४:१७

२२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे बताए ।

सँगैसँगै घिसिङले राजनीतिमा आउनसक्ने केही संकेत गरेका छन् । तर, उनले प्रष्ट खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने खुलाएनन् ।

‘जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईं पनि पर्नुहुन्छ । तपाईंलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन् ?,’ घिसिलाई एक सञ्चारकर्मीको प्रश्न थियो ।

जवाफमा उनले भनेका छन्, ‘एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु ।’

उनलाई राजनीतिमा आउँदा कस्ता मोडालिटी प्रयोग गर्नुहुन्छ ? भनेर पनि प्रश्न सोधिएको थियो ।

तर, उनले धेरै केही खुलाएनन् ।

सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए ।

उक्त विज्ञप्तिमा पनि उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’

आगामी दिनमा उनले यस्ता प्रहार आफूमाथि भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?