+
+
Shares

माओवादी सांसद पाण्डेको प्रश्न- तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १४:४२
फाइल तस्वीर

२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे सरकारले पूर्वतयारी नगर्नुको कारणबारे प्रश्न गरेका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै उनले सरकारले कस्ता सूचना राखेको थियो ? सम्भावित दुर्घटनाबारेका विश्लेषण लगायतबारे प्रश्न गरे ।

‘हाम्रो दलसहित समाजवादी मोर्चाले कार्यक्रम गरेको थियो । हाम्रो कार्यक्रमपछिमात्रै यो कार्यक्रम तय भएको थियो,’ उनले प्रश्न गरेका छन्, ‘यस्तो क्रममा सरकारले सूचना संकलन कसरी गर्‍यो ? हाम्रो अनुसन्धान जो एउटा विभाग छ, यसले कसरी काम गर्‍यो ?’

उनले थप प्रश्न अघि सारेका छन्, ‘के विश्लेषण थियो ? कसरी आयो ? पूर्वतयारी किन हुन सकेन ?’

आफ्नो दलले यस्ता गतिविधि हुनसक्ने भन्दै पार्टीको अभियान नै रोकेर केन्द्रित हुँदा सरकारले गम्भीर रुपमा नलिएको बताए ।

‘हामीले समाजवादी मोर्चाको तर्फबाट पहिल्यैदेखि नै देशमा एक किसिमको वातावरण आइरहेको छ है भने, अभियानका विभिन्न कार्यक्रम समेत रोकेर आएका थियौं,’ पाण्डेले भनेका छन् ।
उनले तीनकुने घटनाको मुख्य जिम्मेवारबारे सरकारले जनतालाई जानकारी गराउनुपर्ने बताए ।

‘राजावादी भनेर सबैलाई दोष लगाएर हुँदैन । मुख्य योजनाकार त थाहा हुनुपर्‍यो नि,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?