+
+
Shares

अमेरिकामा सयौं विद्यार्थीलाई भिसा रद्द गरिएको इमेल, देश छोड्न आदेश

आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको इमेल पठाउँदै अमेरिका छाड्न भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १५:२९
अमेरिकाको एक युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरू ।

२२ चैत, काठमाडौं । अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ-१ (विद्यार्थी) भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो ।

रिपोर्टहरूका अनुसार क्याम्पस आन्दोलनमा संलग्न विद्यार्थीहरूलाई यो इमेल पठाइएको छ । साथै, आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको इमेल पठाउँदै अमेरिका छाड्न भनिएको छ ।

इमेलमा विद्यार्थीहरूलाई एफ-१ भिसा रद्द भइसकेको छ र तत्काल अमेरिका छोड्नुपर्ने निर्देशन स्पष्ट रूपले दिइएको छ । आदेशको पालना नगरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत इमेलमा दिइएको छ ।

एआईबाट पहिचान

विद्यार्थीहरूको गतिविधि ट्र्याक गर्न अमेरिकी सरकारले ‘क्याच एण्ड रिभोक’ नामक एआई प्रविधिको प्रयोग गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार २६ मार्चसम्म ३०० भन्दा बढी ‘हमास समर्थक’ विद्यार्थीहरूको भिसा रद्द भइसकेको छ, जसमा भारतीय विद्यार्थीहरू समेत परेका छन्।

देश नछोडे हिरासतमा लिने चेतावनी

हार्वर्ड, कोलम्बिया, येल, क्यालिफोर्निया र मिशिगन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यस्तो इमेल प्राप्त गरेका छन् । भिसा इमिग्रेसन एन्ड नेसनालिटी एक्टको धारा २२१(आई) अन्तर्गत रद्द गरिएको जानकारी इमेलमा उल्लेख गरिएको छ ।

विद्यार्थीहरूलाई तुरुन्तै अमेरिका छोड्न, अन्यथा हिरासतमा लिइने चेतावनी दिइएको छ । साथै, यदि अमेरिका छोड्दा दूतावासमा आफ्नो पासपोर्ट नबुझाए उनीहरूलाई यात्रा प्रतिबन्धको सामना गर्नुपर्ने पनि इमेलमा उल्लेख छ ।

इमिग्रेशन मामिलाका वकिलहरुका अनुसार, भिसा रद्द भए पनि विद्यार्थीहरूले अमेरिका भित्रै रहेर अध्ययन जारी राख्न सक्छन् र अदालतमा चुनौती दिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?