+
+
Shares

चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १६:१७

२२, चैत, चितवन । चितवनको भरतपुरबाट माडीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो माडी नगरपालिका १ बनकट्टातर्फ जाँदै गरेको ना ६ ख ९३६६ नम्बको बस आफै अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरूको माडीस्थित बघौडा अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?