+
+
Shares

यो साता बजारमा मूल्य धेरै बढेका र घटेका १०/१० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १७:२७

२२ चैत, काठमाडौं । यो साता सेयर बजार १.५ प्रतिशत बढेको छ । गत साता २६६३ अंकमा रहेको बजार यो साता ४० अंक बढेर २७०३ मा पुग्यो । यो साता जम्मा ४ दिन कारोबार भयो ।

पहिलो दिन आइतबार २९.८२ अंक बढेको बजार सोमबार सार्वजनिक विदाका कारण बन्द रह्यो । मंगलबार १६.९५ अंक घटेकोमा बुधबार २३.८६ र बिहीबार ३.३५ अंक बढ्यो ।

बजार बढ्न थालेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । आइतबार ७ अर्ब ५६ करोड, मंगलबार ५ अर्ब ७९ करोड, बुधबार ५ अर्ब ४४ करोड तथा बिहीबार ७ अर्ब ८४ करोडको कारोबार भयो ।

यो साता नेपाल स्टक एक्स्चेन्जमा प्रमुख कार्यकारी अधिकृत सीईओमा चुडामणि चापागाईं नियुक्त भएका छन् । नियुक्तिपछि उनले नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन् ।

विशाल बजारका कारण व्यापार सेक्टरमा छलाङ

गत साता पनि व्यापार सेक्टर सबैभन्दा धेरै ३.२८ प्रतिशत बढेको थियो । यो साता वृद्धिदर झन् बढ्यो । एउटा कम्पनी विशाल बजारका कारण व्यापार सेक्टरमा उच्च वृद्धि देखिएको हो ।

व्यापार सेक्टरमा विशाल बजार र साल्ट ट्रेडिङ कर्पोरेसन गरी दुई कम्पनी मात्रै छन् । यो साता विशाल बजार कम्पनीको मूल्य १२.८८ प्रतिशत बढ्यो । गत साता ५ हजार ५४९ रुपैयाँ रहेको यस कम्पनीको मूल्य यो साता ६ हजार २६४ रुपैयाँ पुग्यो ।

साल्ट ट्रेडिङको मूल्य पनि यो साता २.९ प्रतिशत बढ्यो । विशाल बजारको पूँजीकरण उच्च रहेकाले सो कम्पनीले नै व्यापार सेक्टरलाई भारी प्रभाव पार्दछ । यहीं प्रभाव यो साता व्यापार सेक्टरमा देखियो ।

कस्तो रहला आगामी साताको बजार ?

मुख्यतः बजारलाई दुइटा सैद्धान्तिक पक्षले बढी प्रभाव पार्दै आएको छ । एउटा आर्थिक गतिविधि र सूचक, अर्को राजनीतिक घटनाक्रम । आर्थिक गतिविधि र सूचक यतिबेला बजारका लागि अनुकूल छन् ।

विश्व बैंकको एउटा प्रतिवेदनले २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन यसअघिको वर्षको ३.९ भन्दा बढी हो । त्यस्तै न्यून ब्याजदर, पर्याप्त तरलता, पर्याप्त विदेशी मुद्रा सञ्चिति जस्ता सकारात्क पक्षले बजारलाई साथ दिइरहेको छ ।

तर चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक किस्ता बैंकलाई बुझाउनुपर्ने समय भएकाले आगामी साताका सुरुवाती दिन प्रभावित हुन सक्ने छ । यद्यपि पहिलो दिन आइतबार सार्वजनिक विदा रहेकाले बजार बन्द हुनेछ ।

राजनीतिक वातावरण तत्काललाई बिग्रिहाल्ने अवस्थामा देखिँदैन । यसकारण आगामी साता सुरुवाती दिन चैत मसान्तको प्रेसरले बजारलाई केही घटाउन बल पुगे पनि समग्रमा बजार बढ्ने आधार बलिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?