+
+
Shares

संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाबाट आन्दोलन घोषणा

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि २४ देखि ३० चैतसम्म काठमाडौंकेन्द्रित आन्दोलन घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १७:२९

२२ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि २४ देखि ३० चैतसम्म काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता खरेजीका लागि साताव्यापी काठमाडौंकेन्द्रित आन्दोलन घोषणा गरेको हो ।

आन्दोलन कार्यक्रमअन्तर्गत २४ चैतमा शान्तिबाटिकामा सभा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । २५ चैतमा चावहिल चोकमा, २६ गते माइतीघरमण्डलामा, २७ गते गोंगबुचोकमा, २९ गते न्युरोडस्थित भूगोलपार्कमा, २९ गते भृकुटीमण्डपमा र ३० गते पुनः शान्तिबाटिकामा सभा आयोजना गरिने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले देशले अब संघीयता धान्न नसक्ने भन्दै संघीयता बोकिरहे मुलुकको अस्तित्व नै संकटमा पर्ने जिकिर गरे ।

उनले संघीयता अन्तर्गतको प्रदेश संरचना खारेज गरेर प्रशासनिक इकाइ मात्रै राख्ने र प्रजातान्त्रिक विकेन्द्रीकरण गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

प्रादेशिक संरचनाको कारण देशले अनावश्यक आर्थिक बोझ बोक्नु परेको बताएका अध्यक्ष केसीले संघीयता खारेज गरेर शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सरकारसँग माग गरे ।

‘दुईवटै संविधानसभामा राष्ट्रिय जनमोर्चा छ । संघीयता अन्तरिम संविधानमार्फत कसरी बोकाइयो भन्ने हामीलाई थाह छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने, ‘संघीयता नेपाली जनताले माग गरेर र देशको आवश्यकताले आएको होइन । काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको तराईलाई अलग गरेर एक मधेश एक प्रदेश बनाउने उद्धेश्यले भारतले बोकाइदिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?