
धुन्चे । ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण रसुवाको गोसाईकुण्ड गाउँपालिकामा आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालले बिहिबार पत्रकार सम्मेलन गर्दै बैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जनाएको हो ।
वर्षेनी फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्र्दै आइएको महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर, छोटा, डकुमेन्ट्री र सांस्कृतिक फिल्म स्क्रिनिङ गरिने भएको छ ।
नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम पनि महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । नेपाली फिल्म प्रदर्शनसँगै स्थानीय पर्यटन प्रवर्धन र स्थानीय कला संस्कृतिको प्रचारप्रसार गरिने उनले जनाए ।
महोत्सवमा २ दर्जन फिल्म देखाइने र फिल्म सम्बद्ध व्यक्तिले दर्शकसँग अन्तक्रिया पनि गर्नेछन् । रसुवामा हल नभएकाले फिल्म हेर्न रूचि राख्ने दर्शकलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै सो क्षेत्रको प्रचारमा भूमिका खेल्ने आशा आयोजकले लिएको छ । महोत्सवमा ४ दर्शक सहभागी गराउने आयोजकको भनाइ छ ।
महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।
प्रतिक्रिया 4