+
+
Shares

शिक्षकहरूलाई सरकारले फेरि बोलायो वार्तामा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १८:१५

२२ चैत, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरू सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।

शुक्रबार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा सहभागी भएनन् ।

कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरू नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरू नआएको बताइन् ।

‘सरकार लचिलो छ । सरकारले शिक्षकका मागहरुलाई कतै पनि दृढताका साथ सम्बोधन गरेर अघि बढ्नेछ । आज आमन्त्रण गरिएको त्यसमा सिंगो सरकारले आह्वान गरेको छ,’ उनले भनिन्, ‘औपचारिक खबर आएन । हामीले डेढ घण्टा पर्खियौँ । उहाँहरू नआउनु भएपछि फेरि संवादका लागि आमन्त्रण गर्नेगरी आजको बैठक स्थगित गरेका छौँ ।’

सरकारले शिक्षकका मागहरुलाई दृढताका साथ सम्बोधन गरेर अघि बढ्ने उनको प्रतिवद्धता छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् । बिहीवार साँझ पनि सरकारसँग शिक्षकहरुको वार्ता भएको थियो ।

शुक्रबार ३ बजे बस्नेगरी स्थगित भएको बिहीबारको बैठक आज भने बस्न सकेन । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै पुनः बैठकका लागि आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?