
२२ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तापछि उत्साहित प्रतिक्रिया दिएका छन् ।
बैंककमा मोदीसँग ओलीले गरेको भेटलाई महासचिव पोखरेलले अस्थिर र विचलित नभइ सुधार भएको सम्बन्ध भनेका छन् ।
‘अस्थिर र विचलित नहुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल र भारतका प्रधानमन्त्री बीचको सम्वाद र सम्वाद पछिको दुवै देशका प्रधानमन्त्रीहरुको सकारात्मक र उत्साहप्रद प्रतिक्रिया’, महासचिव पोखरेलले लेखेका छन् ।
छिमेकीहरु बीचको विश्वास र सहकार्यले क्षेत्रीय शान्ति, विकास र समृद्धिको यात्रा तय हुने पनि महासचिव पोखरेलको विश्वास छ ।
‘छिमेकीहरु बीचको परस्परको विश्वास, समझदारी र सहकार्यका माध्यमबाट क्षेत्रीय शान्ति र त्यसका माध्यमबाट आर्थिक समृद्धि अवको बाटो हो भन्ने कुराले नै भविष्यमा एशिया पुनः विश्व सभ्यताको केन्द्र बन्न सफल हुनेछ’ उनले लेखेका छन् ।
प्रतिक्रिया 4