+
+
Shares

बजार अनुगमन तीव्र, दुई फर्मलाई ७० हजार जरिबाना

विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन र नियमावली उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै ६ फर्मको बिक्री रोक्कासहित कागजात लिएर उपस्थित हुन निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १९:००

२२ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ । अनुगमन क्रममा विभागले २ दिनमा ८ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको र २ वटालाई जरिबाना तिराएको हो ।

विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै ६ फर्मको बिक्री रोक्कासहित कागजात लिएर उपस्थित हुन निर्देशन दिएको हो ।

विभागले बिहीबार गरेको बजार अनुगमनमा २ फर्मलाई जरिबाना तिराएको छ । विभागले काठमाडौं कुलेश्वरस्थित आरएसएन किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको छ । यस्तै कलंकीको पद्मावती इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । उनीहरूले खरिद बिल बिजक नराखेको पाइएपछि जरिबाना तिराएको हो ।

बिहीबार र शुक्रबार अनुगमन गरिएका २१ फर्ममध्ये ३ वटाको बिक्री फुकुवा गरेको छ भने ५ फर्मलाई सामान्य निर्देशन दिएको छ ।

विभागले उपभोक्ता हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ ।

हेर्नुहोस् जरिवाना पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?