+
+
Shares

रविलाई थुनामा पठाउने आदेशपछि रास्वपा नेताहरू छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते २०:०३
फाइल तस्वीर

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् ।

अहिले काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् । सचिवालयका एक नेताका अनुसार, अबको रणनीतिबारे योजना बनाउनेगरी नेताहरू छलफलमा जुटेका हुन् ।

रास्वपाले भोलि चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्दै धेरै कुरा भन्ने लामिछानेले बताएका थिए ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उनलाई थुनामा पठाउन भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?