+
+
Shares

भद्रकाली पुर्‍याइए रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते २२:२४

२२ चैत, काठमाडौं । प्रहरीले रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पु¥याएको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालत, रुपन्देहीले गरेको १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश बदर भएपछि उनलाई समात्न प्रहरी टोली बूढानीलकण्ठस्थित उनको निवासमा पुगेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले त्यहाँ पुगेर लामिछानेलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि भद्रकाली ल्याइएका लामिछानेलाई शुक्रबार राति त्यहीँ हिरासतमा राखेर भोलि (शनिबार) भैरहवा लैजाने तयारी छ ।

भद्रकालीको हिरासतमा अहिले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद् धवलशमशेर राणा लगायतका ‘भीआईपी’ आरोपी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?